मनोनयन पत्र दर्ता सम्बन्धमा

यस बुद्धभुमि नेपाल हाईड्रो पावर कंपनी लिमिटेडको मिति २०७९ माघ २५ गते प्रकाशन गरेको पुर्व निर्धारित चुनाबि तालिका बमोजिम यस कंपनीले सर्वसाधारण समुह “ख” अन्तर्गतको २ जना संचालक सदस्य चयन गर्नु पर्ने कंपनीको बिधानको नियम ३१ खण्ड (ख) अनुसार संचालक चयनका लागी सुचना प्रकाशन गर्दा , सुचना मुताबिक संचालक सदस्यको प्रतिनिधित्व गर्ने मनसायले कंपनीले निर्धारण गरेको समय सिमा भित्र ( मिति २०७९ फागुन १ गते तोकिएकोमा उक्त दिन सार्वजानिक बिदा घोषणा भएकोले फागुन २ गते ३ः०० बजे) आवश्यक शर्त सहित कंपनीको नियामानुसार र रित पुर्वक जम्मा २ जना को मात्र मनोनयन पत्र दर्ता भएको ब्यहोरा जानकारीको लागी अनुरोध छ। उक्त मनोनयनमा कोहि कसैको बिरोध उजुरी भए मिति २०७९ फागुन ०३ गते अपरान्ह २ः०० बजे भित्र कारण सहित उजुरी दर्ता गर्न गराउन हुन सर्वसाधारणमा यो सुचना प्राकशित गरिएको छ।

मनोनयन दर्ता गराउनु हुने शेयरधनीको बिबरण यस प्रकार रहेको छ।

१) श्री प्रकाश सापकोटा, टोखा ०४ , धापासी

२) श्री रमेश मान प्राधान, चमती -१५, काठमाण्डौं